दशैँ
यो शीतल शारदीय सुधा
खुशी र उमंग बोकेको पल
इजरायलको आकाशमा उडेका यानहरु हेर्दै
त्यही यानमा चढेर आफ्नै घर पुगेको कल्पन्छु
आँगनीका डिलमा फुलेका मखमली,सयपत्रीहरु
फूलमा भुनभुनाई रहेको भवराहरु
यताउति उडिरहेका रङ्गी बिरंगी पुतलीहरु
भित्ताको फोटो नियाल्दै क्षितिज सम्म आँखा विछ्याएर
छोरा छोरि आउछन भनेर आमाको आशातित हेराई
दशैको रौनक आँखा वरिपरी छाएको छ !
सागरका छालहरुमा
बश स्टेशनहरुमा
गगन चुम्वी स्वापिङ महलहरुमा
हरेक चोक र गल्ली चक्करहरुमा
कर्मेलको उकालीमा
यहुदीहरूको नयाँ बर्ष रोषसना
हस्यांग फस्यांग गरेर कुदेका मान्छेका भीहरुमा
आफ्नै चिरपरिचितका अनुहारहरु खोज्दै डुलीरहेछु ।
दशैको आभास झल्काउन
सामाजिक सञ्जालभरि
भेटिने
शुभकामना शेभेच्छाका म्यासेज, कार्डहरु
दशैँ आएको
हल्लाखल्लाले
भरिएका छापाहरु
परदेशीका सन्देशहरु
रिमिट्यानस
भित्रिएका खवरहरु
घर फर्कन नपाएका परदेशीका गुनासाहरु
यत्रतत्र भेटिन्छ,पढिन्छ
त्यहि हुलमा हराएर निसासिन्छु !!
दशैँको मालाश्रीको सुमधुर धुनहरु
निधारभरि आशिर्वादका रङ्गीन टिकाहरु
कानभरि जमराहरु
सयपत्री फूलले सिँगारिएका घरका झ्याल ढोकाहरु
शिरमा सगरमाथाको ताज पहिरिएर
मुस्काई रहेको मातृभूमि सम्झेर
सुन्यतामा हराएको म
कुहिरोमा हराएको, काग जस्तै
मेरो मन यतिबेला अध्यारोमा रुमलिएको छ ।
आशा छ भोलिको शुभप्रभात लालीमा
गहन आस्थाको प्रकाश बोकेर उदाउने छ
अबका दशैंहरु
स्वाभिमान र गरिमामय रुपमा आउनेछ
सबैको लागि समान अवसर लिएर आउनेछ
नयाँ संबिधान लिएर आउनेछ
त्यो दशैंलाई
सारा नेपालीहरुको आरोही पदचापले
ह्रदयगत स्वागत गर्न तम्तयार हुनेछन्
।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼