Tuesday, October 14, 2014

गोलान हाइट्स यात्रा स्पर्श







 गोलन हाइट्सको यात्रा स्पर्श 


सिमसिमे पानी परिरहेको छ !  भर्खरै शुरु भएको इजरायलीहरुको नया बर्ष (रोसोशना) सँगै इजरायलमा वर्षायाम शुरु हुन्छ ! मरुभूमिमा वर्षा हुनु भनेको हामीलाई दशैँ आउनु जस्तै हो ! हुन पनि हाम्रो दशै सुरु हुनु र यता नयाँबर्ष एकै समयमा परेको हुन्छ ! मनभरि अनेक खुशीको रंग बोकेर अगष्ट २९ तारिक  रमात गोलान भ्रमणको लागि हिडेको छु ! एगेदको पेंसोनेरहरुको यो बर्षको पहिलो भ्रमण हो ! यसमा मा पनि सहभागी हुन् पाउँदा अत्यन्तै हर्षित  छु ! इजरायलको लामो बसाइमा पनि इजरायलको उत्तरमा पर्ने गोलान हाइट घुम्ने मौका मिलेको थिएन ! गोलान हाइट एक भूवैज्ञानिक biogeographical क्षेत्र को रूप मा, प्रसिद्द छ ! गोलन हाइट्स दक्षिणमा यामुक (Yarmouk) नदी, पश्चिम मा गालील हुला(Hula) उपत्यका , उत्तरमा पहाड हेर्मोन, पूर्वको Raqqad  पर्छ । गोलान हाइट क्षेत्रको पश्चिमी दुई तिहाइ भाग इजरायलमा पर्छ भने एक भाग सिरियाद्वारा नियन्त्रित यस क्षेत्रमा प्रायजसो सिमा  सम्बन्धि बिबाद भैरहने गर्छ ! आज पनि त्यहाँ शान्त त छ भनेर कति यात्रु सोधिरहेका थिए ! यात्राबारे बयान गर्ने (Tour Guide) Levy Yehuda  ले अहिले केहि भएको छैन !  कतै त्यस्तो भएको भए त्यहाँ नजिक पुगेपछि थाहा हुन्छ ! केहि देखियो भने त्यता नजाने सल्लाह भयो !आज घुम्ने गोलान हाइटको बारेमा, ब्रेकफाष्ट,लन्च  कहाँ  कति बेला गर्ने कुन कुन ठाउँ घुम्ने भनेर छोटो परिचय हामी सबैले पायौ ! मलाई पनि कस्तो ठाउँ होला भनेर कौतुहलता  बढ्यो ! बस चढे पछि ड्राइभरले जिपिएसबाट आफू जाने ठाउँहरु नोट गर्यो ! हाइफाबाट  गोलान हाइट पुग्न एक घण्टा २७ मिनेट लाग्ने रहेछ   ! समयमा नै सबै जना आइपुगेकोले  खोर्फ़ कर्मल बाट  ८ बजे बस  चढयौ !   जाडो शुरु हुन् लागेकोले मौसम न जाडो न गर्मि  मनमोहक यात्रा गर्न लायक थियो ! सबैको काममा निस्कने समय भएकोले बाटोमा प्राइभेट कारहरु  सार्बजनिक साधनहरुले सडक भरिभराउ भएको थियो ! बस कतै आठ लाइनको बाटो कतै ६ कतै ४ लाइनको बाटो भएर गुडिरहेको थियो ! कतै सुरुंग मुनिबाट कतै दुई तल्लेबाटो भएर बसको रफ्तार बढ्दै थियो ! तल्लो बाटोबाट रेल गुडिरहेको थियो माथिल्लो बाटोबाट हामी चढेको बस ! बाटोको दुवै पट्टि रोपिएका धुपीको बोटहरु अनि बाटैभरि  फुलिरहेका गुलावी अनारकली फूलहरुको दृश्यअवलोकनमा आँखा झिमिक्क गर्न मानेको थिएनन  ! झ्यालबाट आइरहेको सिरिसिरी बतासले भर्खरै नुहाएको कपाल फुर फुर उडाउदै थियो ! बिस्तारै घामको तापक्रम बढ्दै थियो ! एकछिनमा बादलका थुम्का थुम्की हटेर छ्यांग भएको थियो ! सबै यात्रुहरुको अनुहार मौसम जस्तै खुलेको थियो !  बाटोको दुबैतिर कतै जैतुनका हरिया दानाहरु लटरम्म फलेका थिए ! कतै नया बाली लगाउन गह्रा गह्रा पारेका खेतहरु  थिए ! कतै छोकाडा,कतै नरिवलका लहरै रोपिएका बोटहरु का पातहरु हल्लिएर हामीलाई स्वागत गरिरहेझैँ लाग्थ्यो ! बिहान ९ बजेतिर किन्नेरेत किबुचमा

खाजाखान बस रोक्यो ! त्यहाँ पहिले नै यात्रुहरुले भरिएर बस्नेठाउँ भेटिएन फेरी
फर्केर अलि माथि  होटल आरोमामा बिहानीको ब्रेक फाष्टको लागि ओर्लिर्यौ ! गेटमा सुन्दर फूलहरु र लटरम्म फल्ने मुन्ताला पहेला भएर झुन्डिएका थिए ! सबैले घर बाट नै आ आफ्नो स्याण्डविच निकाले अनि होटेलबाट चिया कफी मगाएर स्याण्डविच खायौ ! आधा घण्टाको समय थियो ! ९:३०मा गाडीमा फर्की सक्नु पर्ने मद्रिखको आदेश थियो ! भ्रमणको सबै सेडुल उसले भनेनुसार हुने भएकोले सबैले खाजा खाएर ट्वाइलेट जाने काम सकेर सबै  गाडीमा फर्कन हतारिदै थिए ! खाजा खाइ सकेर सबैजना बस मा फर्कियौ ! मद्रिखले आ आफ्नो छेउ छेउको साथी कोहि छुटेको छ कि चेक गरेर भन्नु भन्यो सबै आयु भनेर हामीले भने पछि बस गन्तब्यतिर लम्कियो !

 मद्रिखले अगाडी ड्राइभर नजिक उभिएर महत्वपूर्ण र ऐतिहासिक स्थानको बारेमा बर्णन गर्दै थियो ! दायाँ पट्टि किन्नेरेत निलो रङ्गमा  असिम सुन्दरता शान्त अधीर थियो ! बायाँ पट्टि लस्करै रोपिएको छोकड़ाका बोटहरु लटरम्म फलेका थिए ! त्यस ठाउँको बीचमा १९०५ देखि १९४६ सम्म तुर्कीको सुल्तानको पालामा चल्ने Hejaz रेलवे देखाइएको थियो ! इजरायलको स्थापनासँगै आफ्नो भूमि ओगट्ने क्रममा बमबारी भएपछि रेल चल्न छोडिको थियो   रेल स्टेशन  अहिले पनि सुरक्षित छ
-
भनेर मद्रिखले हातले इशारा गरिरहेको थियो !  रेल
मार्गको गेट अझै प्रष्टै देखिन्थियो ! बस कहिले यर्देंन नदीको किनारै किनार  भएर, कहिले यामुक पहाडको फेदीबाट अगाडी  बढइरहयो ! जोर्डन  सिरिया र इजरायललाई छोएर बग्ने यामुक नदि  इजरायल र जोर्डनको
 सिमा छुट्याइएको २०० मिटरको बीचबाट बगिरहेको थियो ! पहाड नै पहाड देखिने यस ठाउमा  खोल्सो जस्तो भएर बहने नदीबाट  पानीको सतह रामरी देखिदैन थियो ! ड्राइभरले  गोलान हाइट उक्लिनु भन्दा पहिले यामुक नदि, हमाद गदेर बारेमा  हामीलाई बुझाउन गाडी रोकेकोले  तल झर्यौ ! यामुक नदिको  मुख मा, Sha'ar HaGolan  पर्ने रहे। इजरायलले कब्जा गर्नु अघि गोलान हाइट सिरियाको रहेछ ! र पछि १९६७मा  योम किपुरको ६ दिनको युदमा उक्त क्षेत्र इजरायलले  युद्द गरेर जितेको रहेछ   ! दक्षिण गिलियड पहाड - Hauran, बाशान गोलन - Yarmuk उत्तरतिर फाँटमा बीच एक प्राकृतिक सीमा रेखा खिचिएको देखिन्थ्यो  १० मिनेट जति त्यहाँ बस रोकिएर फेरी अगाडी बढ्यो ! नौबिसेको उकालो जस्तै

उकालोमा नागबेली बाटो हुदै बस अगाडी बढ्यो ! झ्यालबाट तल हेर्दा आतेस लाग्ने थियो ! नागबेली बाटो कालोपत्र भएकोले देखिन्थियो भने अन्य भाग मरुभूमि  थियो ! कुनै पनि बोट बिरुवा नभएको यस पहाडको टुप्पो टुप्पोबाट बाटो छिचोलिएको थियो ! ट्रक र केहि भ्यानहरु आवत जावत गरिरहेका थिए ! अलि माथि पुगे

पछी रुख बिरुवाहरु पनि देखियो ! त्यहाँ एलि कोहेंको शालिक पनि बनाएको रहेछ !  महादेवको तिन नेत्र भने झैँ उसको चारै तिर दुइ दुइ आखा गरेर ४ जोर आँखा थिए जताबाट हेरे पनि आफुलाई हेरेको जस्तो लाग्ने आँखाहरु थिए ! उनी सिरियाली आर्मीको चिफ थिए तर इजरायलको लागि सी आइडीका काम गर्ने रहेछन ! उसले एक पल्ट हिडेका बाटोमा कहाँ के छ भन्ने कुरा सबै थाहा हुन्थियो रे ! उनको दिमाग नै क्यामारा जस्तै थियो रे ! इजरायलको  योम किपुर  युद्ध को समयमा 1,400 सिरियाली ट्यांकलाई  आपत्तिजनक बनाएर  धपाउन इजरायलको  177 ट्यांक सक्षम भएको  थियो  चौधसय ट्यांकलाई एक सय सतहत्तर ट्यांकले जित हासिल गर्नु चानचुने कुरा थिएन ! एलि कोहेंकनको  इन्फर्मेसन र सिरियाली सेनाले गर्ने योजनाको बारेमा थाहा पाएर नै १९६७ को योम किपुरमा भएको ६ दिने युद्दमा इजरायलले  चाँडै कुशलताको साथ  गोलन हाइट्समाथि  विजय हासिल गर्न सकेको  थियो  । एलि कोहेंन १९२८ मा इजिप्ट,( मिश्र)मा जन्मेका थिए ! पछि कामको सिलसिलामा अलेक्जेंड्रियाबाट एप्पोलो,सिरिया गएका   थिए ! उनका आमा बुबा  भाइ र साथीहरु भने इजरायलमा थिए !  उनी आफ्ना आफन्तलाई भेट्न इजरायल आइरहन्थे ! इजरायलमा जादा  जासुसी प्रशिक्षण भैरहेको बेला उनले पनि त्यस प्रशिक्षणमा सरिक भए । संसारबाट लखेटिएका यहुदीहरूलाई सहयोग गर्ने मनोसाया बोके ! एलीले  मिश्र यहूदी Zionist गतिविधिहरु समन्वय गर्न  अठोट लिएर मिश्र फर्के मिश्र इजरायल बीच  सन् 1956 मा झगडा भयो त्यसपछि अलेक्जेन्ड्रियाका शेष यहूदीहरू निकालिदिए, कोहेन अन्ततः इस्राएलका मा आफ्नो घर बनाए। सन् 1959 मा उनले एक इराकी यहूदी, Nadia Majald विवाह, तिनीहरू सँगै तीन छोराछोरी थिए। उनी सिरियाको आर्मी जनरल थिए ! तर उनले आफ्नो परिचय भने एजिसियन बताउथे ! सिरियामा नै काम गर्थे तर इजरायलको लागि जासुस थिए ! उनले बिभिन्न माध्यमबाट सिरियाको योजनाहरु इजरायल पास गरि रहन्थे !  १९५५—१९६२ तिर संचारमा  निकै बिकाश गरेका थिए ! सिरियाले रसियाबाट अनेक प्रविधि भित्र्याएको थियो   ! एलि कोहेंको बोशले कोहेन इजरायलसंगको जासुसीको सुइँको पाएर उनी माथि निगरानी राखियो !  उसले थाहा नपाउने गरि एलि कोहेंको शरीरमा  तार जडान गरेका थिए ! उनले इजरायललाई जानकारी दिइ रहेको बेला पक्रिए ! त्यस पछि उनलाई मृत्यु दण्डको घोषणा गरे !   उनले मर्नु अघि आफ्नो श्रीमतीलाई एक पत्र लेखेका थिए ! मेरी प्यारी मैले आजसम्म नै बाँच्ने दिन लिएर आएको रहेछु  !मेरो शोकमा आँशु नबगाउनु, राम्रो आमा बन्नु,छोराहरुलाई माया गर्ने राम्रो केटा खोजेर बिहे गर्नु,  यही पत्रबाट मेरो अन्तिम चुम्बनहरु पठाएको छु ! तिमी सधै खुशी हुनु, म जहाँ रहे पनि तिम्रो भलो र राम्रो सोच्ने छु ! "...I am begging you my dear Nadia not to spend your time in weeping about some thing already passed. Concentrate on yourself, looking forward for a better future!"  मद्रिखले एलि कोहेंनको बारेमा बताउदा सबैको आँखा रसाएका थिए ! देश भक्तका मिसाल कायाम गर्ने इजरायलीहरुको एक उदाहरण थिए उनी ! सबैले श्रद्दाले उनको नाम उच्चारण गर्थे ! गोलान हाइटको ठाउँ ठाउँमा उनको बिशेष क्रियाकलापको सम्झना स्वरूप पार्क, शालिक बनाएको रहेछ ! उनको शालिक हेरेर हामी अगाडी बढ्यौ ! ११५० बर्ग मिलमा फैलिएको गोलान हाइट्समा अहिले  लगभग ३३ समुदायमामा विभाजित रहेछ  ! १४,०० यहूदी बासिन्दाहरु  (27 kibbutzim 5 moshavim, )यहाँ बिभिन्न
समुदायको  साम्प्रदायिक बसोवासको Katzrin शहर पनि रहेछ ! बाटोको छेउ छाउ  रोपिएका नरिवलका बोटहरु   पर देखिने झुम्म परेको बस्ती, किबुच, बाटोको दुवैतिर  अंगुर,र  चेरीका खेतिहरु, ठाउँ ठाउँमा सुन्तला स्याउ, अनार का पहेला र राता दानाहरु झुन्डिरहेका थिए ! गोलन हाइट्समा जैविक दाखबारी प्रसिद्द पनि रहेछ !


गोलन हाइट्स को महत्व यो उच्च स्थानमा छ ! सबैभन्दा प्रभावकारी प्राकृतिक खेतीयोग्य जमिन,धेरै पुरातात्विक साइटहरू, पहाड, धाराहरु झरना सुविधाहरु उपलब्ध रहेछ ।  कतै भेडा कतै गाइहरु कतै घोडा चरिरहेका थिए ! आफ्नै देशको रापतिको बगरमा चर्ने गाइभैसी सम्झीए ! हाम्रो जस्तो प्राकृतिक हरियाली हुने भए इजरायलीहरुले कस्तो बनाउथे होला झैँ लाग्यो !  आकाशमा बादल मडारिरहेका थिए ! फेरी सिम सिम पानि बर्शियो ! पानीका बुद् बुद् आफ्नो शरीरमा थाप्न सबै आतुर थिए ! बस बाट ओर्लिएर एकछिन सिमसिम पानीमा रुझेर बस्यौ ! Kursi एक बाइजान्टिन मसीही मस्दिज  भएको ठाउमा बस रोकिएको थियो !  जुन  सिरियालि मुस्लिमहरुको मस्दिज  थियो ! जुन ठाउँमा १९६७ मा इजरायलले कब्जा गरि आफ्नो बनाएको थियो ! यस क्षेत्रमा तैनाथ आर्मीहरु पनि आफ्ना समान ब्यागहरु तेही राखेर ड्युटी खटेका रहेछन ! पानी पर्न थाले पछि एक एक गर्दै मस्दिजमा पसे ! अगाडी पछाडि  गोजी नै गोजी भएका फिका हरियो कलरको कम्ब्याट लगाएका गोली गट्ठा भिरेका बिस एक्काइस बर्षका जवानहरु, उनीहरु आफ्नो कामप्रति  पूर्ण रुपमा समर्पित  देखिन्थे   !  त्यस मस्दिजको भित्तामा अरबिक भाषामा बिभिन्न सोलोगन लेखिएका थिए !  त्यहाँ मस्दिजको भग्नावशेषहरू मात्र थियो । सबै कुरा हिब्रुमा बयान गर्ने हुनाले कति कुरा बुझ्न सक्ने थिइन !१० मिनेट जति रोकिएर हामी खाना खानको लागि एन्जिवान किबुचमा तिर खाना खानको लागि बस अगाडि बढ्यो ! सबै एकै नाशका घरहरु, गुजुमुज्ज परेको बस्ति बिचमा फराकिलो होटेल रहेछ ! हामी आउने थाहा पाएर बाहिर नै स्वागत गर्न बसेका थिए ! दुबैतिर हरिया रुखहरु रुख मुनि दुबो जस्तै घास बराबर बनाएर काटिएको हरियो चौर थियो ! पहिलो तल्लामा बिभिन्न किसिमका हातले वनाएका सामानहरु बेच्न राखिएका थिए ! माथिल्लो तलामा खाना खाने हल थियो ! दाहिने साइटमा चम्चा काँटा प्लेट लिएर खाना लिन उभिनेका लाइन थियो ! हामी पनि लाइनमा उभियौ ! कुखुराको मासु (ओफ),गोरुको मासु, (बसार) माछा ,भात, तितिम( भात जस्तै) गाँजर र केराउ,,काउली बन्दाको तरकारी, सिंगै  साना साना नतासीकन भुटेको आलु एकातिर अनि अर्को तिर बिभिन्न किसिमका सलादहरु राखिएको थियो ! आफुलाई मन पर्ने र चाहिने जति लिएर खान सकिन्थ्यो ! कति सफा सुन्दर होटेल अनि टेबुलमा पानी सर्भ गर्ने आउने सुन्दर वयटरहरु मुसुक्क मुस्काई रहेका थिए !किबुचको खाना मिठो थियो सबैले थपी थपी खाए ! खाना सकेर केक कपि /चिया पिएर तल ओर्लियौ ! लनमा फलैचाहरु थिए ! एकछिन बसेर  बसमा नै गएर बस्यौ  ! एकछिनमा सबैजना आइपुगे ! बस अगाडी बढ्यो !
Heights ) जुन उत्तरी गोलन हाइट्स क्षेत्रमा स्थित पहाड जस्तो देखिन्थियो ! यसलाई मायाले भरिएको पहाड पनि भनिदो रहेछ ! माउन्ट बेटलको किम्बदन्ती अनुसार  (Mount Bental is also filled with love, or at least according to its name in the Arab language, in which it is called "Tel al Aram”, which means "the beloved mound” or "the mound of great love” and why "love”? Some people say that it is because of the resemblance of Mount Bental to the breast of a woman. Blessed be those who have this kind of fantasies. )
 हामी Mount Bental आइपुग्यौ ! 1967 को अरब र इजरायलको छ दिने युद्धले सबैभन्दा प्रख्यात भयानक युद्धहरू  यहाँबाट नै भएको थियो रे !  बसबाट ओर्लिएपछि  इजरायली डिफेन्स फोर्ष, कोनेत्रा भ्याली,शैन्य पोष्ट, क्याफे सम्म जाने बाटोको दुवै तिर   बिभिन्न किसिमका मुर्तिहरु देखिन्थे ! त्यो  एक डच मूर्तिकारले १९७३ बनाएका  हुन् भनेर  टुरिष्ट गाइड सम्झाउँदै थिए !

त्यस ठाउँको  एक क्याफे,  ज्वालामुखी बिस्फोटनका भाग्नावेश, इजरायली रक्षा बलको एक सैन्य पोस्ट, मूर्तिकला बगैँचा र तल तल देखिने कोनेत्रा भ्याली आँखाभरि सजाएर हामी बसमा फर्कियो ! दिउसोको ३ बजिसकेको थियो !भ्रमणको सेडुल अनुसार अब एक ठाउँ मात्र घुम्न बाँकी थियो !  पहाडै पहाडले भरिएको   यस ठाउँमा नागबेली आकारको बाटो एक ठाउ ठाउमा देखिने पहाडहरु हेर्दा मन रोमान्चित हुन्थ्यो !  कतै झुप्पा झुप्पा भएर फलेका अंगुरहरु,  लटरम्म फले का छोकडाहरु,बारीमा चरिरहेका भेडाहरु हेर्दै म बसको झ्यालनेर बसेको थिए !
 

बस Katzrin शहरतिर अगाडि बढ्यो ! यो शहर गोलनको उचाइमा  रहेको प्रशासनिक व्यापारिक केन्द्र हो रहेछ । मानिसहरु र यातायात साधनको भीडभाड आवत जावत निकै देखिन्थियो ! Katzrin को बाहिरी भागमा एक पुरातात्त्विक  साइट पनि रहेछ​​ । त्यसलाई बसबाट नै हेरेर अगाडि बढ्यौ ! बस  इजरायलले युद्द जित्नु अगाडिको  सिरियाली आर्मी हेड क्वाटरमा रोकियो ! जहाँ पुरातात्त्विक  अवशेषहरु थिए ! घर जस्ताको तस्तै

थियो तर निकै पुरानो र जीर्ण भैसकेको थियो ! इजरायलीहरु हामीले युद्द गरेर जितेको भनेर गर्वले छाति फुलाई रहेका थिए !   एलि कोहेनले कसरी इजरायली  डिफेन्स फोर्षलाई सघाएका थिए ! भन्ने बारेमा बयान गरे ! सबैले आजको गाइड सधै भन्दा धेरै राम्रो विश्लेषक भएको भनेर भ्रमण सफल भयो भन्दै खुशी हुदै थिए ! आफूले त्यस ठाउँको युद्दमा ट्यांकर ल्याउन सघाउने इच्खाक पनि आफुले देशलाई दिएको योगदानमा मुसुमुसु मुस्कुराई रहेका थिए ! हामी त्यस ठाउँको अवलोकन पछि सबै बसमा बस्यौ  ! अधिकांश ६५  बर्ष माथिका भएकाले इजरायल र उनीहरु उही एजका थिए ! कुनै कुनै बूढा बूढी तुर्कीको पालाका समेत थिए जप नब्बे बर्ष काटीसकेका थिए ! उनीहरु आफ्नो जीवनका रिटायर लाइफ देखेर आफ्नै बुढ्यौली सम्झिए !  आफ्ना साथीभाइसँग घुमफिर, हाँसो ठट्टा आफ्ना अतितका तिता मिठा पलहरु, आफ्ना छोरा नातिका बारेमा कुरा गर्न एक अर्कासंग मस्त थिए ! उनीहरुको गतिबिधि अनि नयाँ नयाँ ठाउँका अनेकन तस्वीरहरु कति क्यामराभरि  मनभरी संग्रहित गरेर बसमा बसे ! अस्ताउन  लागेको सुर्य सिम्रिक रंगको गोधुली साँझमा बस एकनाशले ९९ नम्बरको रोडबाट गुडिरहेको थियो !! पर्यटक मध्येको एक उठेर मद्रिख (टुरिष्ट गाइड) र ड्राइभरलाई धन्यवाद दिए ! सबैले ताली बजाए ! घुमफिर गरेर फर्किएकोले सबैको अनुहारमा आभा फैलिएको थियो ! आउदै गरेको योम किपुरको शुभकामना व्यक्त गर्दै सबै खोर्फ़ कर्मेलमा ओर्लियौ ! आ आफ्नो गन्तब्यको बसमा घरतिर लाग्यौ !

1 comment:

  1. "गोलान हाईट्स यात्रा स्पर्श" शीर्षकले नै सम्मोहित गर्दछ । यात्रा उकाली, ओराली, चौतारी र भंज्यांगको सेरोफेरो घुम्दा भूगोल र प्रकृतिको मात्रै वर्णनमा सीमित छैन भावनाको तरंगमा ईतिहास भेटिन्छ । यात्रामा नेपाल भेट्दा राष्ट्रभक्ति सेकेलमा साटिन्दैन रहेछ र मन छुन्छ ।
    केही केही शब्दको चयन र वाक्य गठनको व्याकरणले ढुंगा नलगाउने हो भने यात्रा वर्णन पढ्दा लाग्छ कुनै कुशल कलमजीविको कलम हो ।
    लेखिकाको पेशा र कर्मलाई मध्यनजर गर्ने हो भने यो नियात्रा उत्कृष्ट छ ।

    ReplyDelete

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼