आज झरी पर्यो (कविता)
भगवती बस्नेत
अनायासै बर्षिएको झरीलाई
झ्यालको कुनाबाट नियाल्दै बसिरहे
ती रुमानी झरीका यादहरुले ...
मलाई नजानिदो गरि रुझायो
आज झरी पर्यो !
भगवती बस्नेत
अनायासै बर्षिएको झरीलाई
झ्यालको कुनाबाट नियाल्दै बसिरहे
ती रुमानी झरीका यादहरुले ...
मलाई नजानिदो गरि रुझायो
आज झरी पर्यो !
आकाशको गर्जनसँगै
मनका अशान्त भावहरु
उसैको आवाजमा बिलिन भए
बादलबाट झरेका वर्षाको कणसँगै
आँशुका ढिक्काहरु
गाला भिजाऊदै
मनका दु:खहरु बगेर गए !
आज झरी पर्यो !
झरी पछिको खुल्ला आकाश
सप्तरंगी इन्द्रधनुषले
जीवन रंगीबिरंगी
सुख दु:ख
सन्तुष्टि, असन्तुष्टिको
संगम हो
भन्ने सिकाएर गयो !
आज झरी पर्यो,आज झरी पर्यो !!
मनका अशान्त भावहरु
उसैको आवाजमा बिलिन भए
बादलबाट झरेका वर्षाको कणसँगै
आँशुका ढिक्काहरु
गाला भिजाऊदै
मनका दु:खहरु बगेर गए !
आज झरी पर्यो !
झरी पछिको खुल्ला आकाश
सप्तरंगी इन्द्रधनुषले
जीवन रंगीबिरंगी
सुख दु:ख
सन्तुष्टि, असन्तुष्टिको
संगम हो
भन्ने सिकाएर गयो !
आज झरी पर्यो,आज झरी पर्यो !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼