Friday, November 28, 2014

सार्क काठमाण्डौ (कविता)

सार्क काठमाण्डौ

कार्बन डाईअक्साईडले
 छ्याक्टे पारेको अनुहार
निरन्तर भूस्याँहरुले लुछेर हैरान पारेको शरिर
हरदमको गुहार माग्ने काठमाडौं
यसपटक त बेहुलीझैँ सिंगारिएकी छौ रे नि...
सुन्तली र सानेले तिम्रो बखान गर्दै थिए
सार्कको डण्डिफोरले शिशिरमा पनि
बैश फूलेको काठमाडौं
यतिखेर मैले तिमीलाई
एकदम मिस गरिरहेको छु !


No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼