मुक्तक थुंगाहरु
तिमी खुशी देख्दाखेरि खुशी हुन्छ मन !
धर्ति आकाश भएपनि नहराउने आफ्नोपन
लाँलीगुराँस बनैभरी ढकमक्क फुलिदिंदा -
तिम्रै मात्र वरिपरी भइरहुँ लाग्छ झन !!
कैले घाम कैले छायाँ रीत जिन्दगीको
संघर्षमा डटिरहे जीत जिन्दगीको !
मरुभूमिमा फूलहरुको सुवास पाउँदा_
गुनगुनाई रहुँ लाग्छ गीत जिन्दगीको !!
खोज्दै हिडे कैले भेट्नु तीर जिन्दगीको !
कैले पनि नसकिने पीर जिन्दगीको
हरेकपल दुखले नै रेटेको छ जिन्दगानी -
आफ्नै हातले लेख्नु पर्छ तकदिर जिन्दगीको !!
भाग्यमानी ठाने,जल्ले प्रेमलाई काम सम्झिदिए
कामसँग प्रीति गाँस्दा आफैलाई बिर्सिदिए !
न प्रेम गर्न सके न त काम नै गर्ने सके-
प्रेम र काममा अल्झिएर दुबै अधुरो छोडिदिए !!
फूल सधैँ मुस्कुराई सौन्दर्य बाँडिदिन्छ
पुतली झन् सुन्दरतामा रमाएर नाँचिदिन्छ !
दुखेको मन फुल्याईदिन्छ,सुवासमा लठ्याईदिन्छ-
डाली डाली पात पात प्रिती गाँसिदिन्छ !!
प्रेम पोखी पत्र लेखि कति पारौ खातै खात
थाती रहयो मनभरि तिमीसँग गर्ने बात !
जति टाढा भएपनि उति नजिक हुन्छ मन -
नबोले नि नभेटेनी नहराउने आफ्नोपन !
अरुलाई भुलाउदै आफ्नै झोली भर्छौ तिमी
आदर्शको खोल ओडी मनोमानी गर्छौ तिमी !
सयौ सपना मनमा फुल्दै मनभित्रै झरिसक्यो-
पलासको फूल बोकी के को सुवास छर्छौ तिमी !!
आश जति निरास भयो मुटु भरि दुख्यो देश
विश्वको उच्च शिर बोकी संसारमा झुक्यो देश !
छलकपट जालझेलमा अल्झिरहने कैले सम्म?
आँशुको भेल बनी परेलीमा बग्यो देश !!
तिमी खुशी देख्दाखेरि खुशी हुन्छ मन !
धर्ति आकाश भएपनि नहराउने आफ्नोपन
लाँलीगुराँस बनैभरी ढकमक्क फुलिदिंदा -
तिम्रै मात्र वरिपरी भइरहुँ लाग्छ झन !!
कैले घाम कैले छायाँ रीत जिन्दगीको
संघर्षमा डटिरहे जीत जिन्दगीको !
मरुभूमिमा फूलहरुको सुवास पाउँदा_
गुनगुनाई रहुँ लाग्छ गीत जिन्दगीको !!
खोज्दै हिडे कैले भेट्नु तीर जिन्दगीको !
कैले पनि नसकिने पीर जिन्दगीको
हरेकपल दुखले नै रेटेको छ जिन्दगानी -
आफ्नै हातले लेख्नु पर्छ तकदिर जिन्दगीको !!
भाग्यमानी ठाने,जल्ले प्रेमलाई काम सम्झिदिए
कामसँग प्रीति गाँस्दा आफैलाई बिर्सिदिए !
न प्रेम गर्न सके न त काम नै गर्ने सके-
प्रेम र काममा अल्झिएर दुबै अधुरो छोडिदिए !!
फूल सधैँ मुस्कुराई सौन्दर्य बाँडिदिन्छ
पुतली झन् सुन्दरतामा रमाएर नाँचिदिन्छ !
दुखेको मन फुल्याईदिन्छ,सुवासमा लठ्याईदिन्छ-
डाली डाली पात पात प्रिती गाँसिदिन्छ !!
प्रेम पोखी पत्र लेखि कति पारौ खातै खात
थाती रहयो मनभरि तिमीसँग गर्ने बात !
जति टाढा भएपनि उति नजिक हुन्छ मन -
नबोले नि नभेटेनी नहराउने आफ्नोपन !
अरुलाई भुलाउदै आफ्नै झोली भर्छौ तिमी
आदर्शको खोल ओडी मनोमानी गर्छौ तिमी !
सयौ सपना मनमा फुल्दै मनभित्रै झरिसक्यो-
पलासको फूल बोकी के को सुवास छर्छौ तिमी !!
आश जति निरास भयो मुटु भरि दुख्यो देश
विश्वको उच्च शिर बोकी संसारमा झुक्यो देश !
छलकपट जालझेलमा अल्झिरहने कैले सम्म?
आँशुको भेल बनी परेलीमा बग्यो देश !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼