Thursday, March 5, 2015

गीत

प्रतिकृया:- 
~~ गीत ~~

त्यता तिम्रो खुसि फुल्दा यता आँशु पग्लिरह्यो
एकनाश हुन्छु भन्थ्यौ मौसमसरि बदली गयौ

 
जति टाढा भए पनि गाढा भयो याद झन-झन
ढुंगा जस्तै कठोर भयो रुनु पर्दा मेरो यो मन
नदीसरि एकनाश जिन्दगी यो बगिरहयो 
 सम्झनामा तिमीसंगै आसु मेरो झरीरह्यो !
 
तिमी संग टाढा हुँदा मन मुटु दुखाइरहे
  विछोडका पलहरु मनभित्र लुकाईरहे
खुसीहरू ओईलिएर फूलसरी झरिगयो
तिमी संगै जिउने आसा आज यसै मरिगयो !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼