Sunday, May 31, 2015

गीत


गीत
धरहरा ढले पनि स्वाभिमान ढल्या छैन
देशलाई फेरि बनाउने आत्मा हाम्रो मर्या छैन

आस्था अझै जीवितै छ मठ मन्दिर ढले पनि
विश्वास अझै  बुलन्द छ प्रकृतिले छले पनि
तराइ-पहाड-हिमाल हाम्रो अलग हुन दिने छैनौ
दुश्मनको छायाँले नी नेपाल छुन दिने छैनौ

गाऊँ-वस्ती भत्किए नि मन भत्किएको छैन
मेहनती पाखुरीमा हिम्मत सकिएको छैन
मनमा त्रास रहे पनि साहस हाम्रो सक्या छैन
देशलाई फेरि बनाउने आशा हाम्रो सक्या छैन ||

धरहरा ढले पनि स्वाभिमान ढल्या छैन
देशलाई फेरि बनाउने आत्मा हाम्रो मर्या छैन

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼