विश्वमा मनाइने अधिकांश संस्कृति र चाडपर्वहरू विशेष गरेर हावापानी, ऋतु परिवर्तन र कृषि प्रणालीमा आधारित रहने गरेका छन् । ती चावपर्वहरूलाई मनाउने क्रममा धर्म र सम्प्रदायसँग जोडेर लगेको पाइन्छ । त्यसैगरी, महिलाहरूले मनाउने तीज पनि कृषि प्रणालीमा आधारित छ, तर कालान्तरमा धर्म र सम्प्रदायसँग जोडिएको देखिन्छ । तीज माइतीले चेलीहरूलाई प्रदान गर्ने हार्दिकतापूर्ण माया, महिलाहरूको पुरुषप्रतिको अथाह प्रेम र नेपाली महिलाहरूको स्वतन्त्रताको पर्व हो । कृषि प्रधान नेपालमा असार–साउनका बेला भनेको मानो रोपेर मुरी फलाउने समय हो र त्यस समयमा कामको चटारो यति हुन्छ कि भनिन्छ, ‘घरमा कोही मरे भने पनि छोपेर मेलापातमा जानु पर्दछ ।
’ त्यस्तो कामको चटारोमा, सबैभन्दा बढी महिलाहरू अझ बुहारीहरूलाई बढी खटाई र परिश्रम पर्दछ । त्यो अवस्थाबाट थकित र गलित चेलीलाई भदौको कामको व्यस्तता कम भएको महिनामा माइतमा बोलाएर मिठो मसिनो खुवाएर माया गर्ने संस्कार हो तीज । यसको पुष्टि तीजमा गाइने गीतले पनि गर्दछ– ‘तीजको बेलामा जानु प¥यो मेलामा, मै छोरीको आँशु खस्यो दैला ठेलामा’ । हाम्रो समाजले बुहारीलाई धेरै पेल्ने, तर राम्रो मिठो खाना त परै जाओस् पेटभरि पनि खाना नदिने अवस्था रहेका चेलीहरूको अवस्थालाई माइतीले मध्यनजर गरेर माइतमा बोलाएर खुवाउने परम्परा नै समाज विकासको क्रममा तीजमा परिणत भएको हो भन्दा फरक परोइन । अझ अघि बढेर भन्नुपर्दा नेपाली सामन्ती समाजले धर्मको आवरण ओढाएर यसलाई धर्म संस्कारमा परिणत गरिदिएको हो । शिव र पार्वतीको प्रसंग विशेष गरेर नेपाली आर्य समाजमा मात्र मनाइने तीजको व्रत त्यसैमा आधारित छ । अर्कोतर्फ तीजका बेला माइतीले चेलीलाई बोलाई हार्दिकतापूर्ण माया प्रदान गर्न‘, महिलाहरूले निरहार बसेर श्रीमान्को दीर्घायूको कामना गर्न‘ श्रीमान्प्रतिको अथाहा प्रेम हो । अनि तीजका नाममा चेलीबेटीहरू भेला भएर दुःख–सुखका कुराकानी गीत संगीतमार्फत व्यक्त गर्ने अवस्था नेपाली महिलाहरूको स्वतन्त्रताको दिवस पनि हो । नेपाली प्रतिकूल राजनीतिका बेला महिलाहरूलाई परिचालन गर्न यस्ता समयलाई पनि उपयोग गरिएका घटनाहरू पनि छन् । विदेशका सन्दर्भमा भने तीज आप्रवासी नेपाली महिलाहरूका लागि एक दिन भए पनि संगठित रूपमा भेला भएर सुख–दुःख साट्ने चौतारी भएको छ ।
इजरायलमा तीज संगठित रूपमा २००६ देखि मनाउन थालिएको हो, तीज पर्व मनाउने तयारी यसपटक नवौं हो । अब तीजलाई देशकाल र परिस्थितिअनुसार सुहाउँदो तरिकामा मनाउन सक्नुपर्छ भन्ने भावनाअनुरूप इजरायलमा आएका चेलीहरूले वर्ष दिनभरि कामबाट बिदा नलिए पनि तीजमा बिदा लिएर मनाउने गरेका छन् । चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउने यस चाडमा वरपर भएका साथीभाइ जम्मा भएर आफू बस्ने अपार्टमेन्टतिर, नजिकको खुला चौरमा समेत भेला भएर मिठामिठा परिकारको साथमा नाचगान गरेर रमाइलो गरी मनाइन्छ । इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरू एकै ठाउँमा जम्मा भएर सुख–दुःखको साथ तीज मनाउँदा नेपालकै घरपरिवारमै भएको झल्को मेटाउने कोसिस हुन्छ । विदेशमा तीजलाई मनाउनेक्रम नेपाली पोसाक रातो साडी, चुरा, पोते, सिन्दूर लगाएर नेपाली संस्कृतिको जगेर्ना गर्ने प्रयास पनि भएको छ । यसपालि हरितालिका तीज अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायलले भव्यताका साथ मनाउने तयारी गर्दैछ । हरितालिका तीज कार्यक्रममा वैदेशिक रोजगारीको सिलसिलामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायलले ‘महिलाहरूको महान चाड हरितालिका तीज साँझ कार्यक्रम’को आयोजना गरेको छ । यही आउँदो १८ सेप्टेम्बर २०१५ को दिन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायल र पर्वत सेवा समाज इजरायलको संयुक्त आयोजनामा नेपालका ख्यातिप्राप्त कलाकारहरूका साथमा हरितालिका तीजको विशेष अवसर पारेर भव्य कार्यक्रम हुन गइरहेको छ । उक्त कार्यक्रमबाट संकलित रकम भूकम्प पीडितहरूको लागि खर्च गरिने उद्देश्य पनि छ । केही समययता तीजका नाममा महिनौंअघिदेखि तारे होटलहरू बुक हुने र महँगा गरगहना र कपडाको तडकभडकले तीजलाई विकृत तुल्याउँदै लगेको छ । तीज उपल्लो वर्गको मनोरञ्जनको माध्यम र निम्नवर्गका लागि भने समस्यासमेत बन्न थालेको छ । यसबाट आप्रवासी नेपाली महिलाहरू पनि अछूतो रहेका छैनन् । हाम्रा महान चाडपर्वहरू लुगा गहना प्रदर्शन गर्ने, अर्काको देखासेकी गर्दै कसको भन्दा कसको के कम भन्ने होडबाजीको भावनाले ग्रसित छ । त्यस्ता भावनाबाट टाढा रहेर हामीले सामूहिक हित हुने शैली र व्यवहार अवलम्बन गर्न जरुरी छ । खासगरी नेपालीहरूको एकता र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो पर्व मनाइनुपर्दछ । हाम्रो सामाजिक मूल्य, मान्यता र गरिमालाई बचाइराख्न हाम्रो संस्कृतिको जगेर्ना गर्न पनि तीज पर्व मनाउनुपर्दछ । आधुनिक समाजमा तीजको महŒवलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । आफ्नो देश आफन्त माइतीघर सम्झेर निरास भएका दिदीबहिनीहरूका लागि यस्ता कार्यक्रमले थोरै समय भए पनि आफ्नो जन्मघरको आँगनमा मनाएको अनुभूति गराउँछ । हिन्दु आर्यनहरूको चाडका रूपमा तीजलाई परिभाषित गरिए पनि तीज मनाउने क्रममा नेपाली आदिवासी, जनजातिहरूको समेत उल्लेखनीय उपस्थित हुने गरेकाले तीज नेपालीहरूको साझा र महान चाड हो । हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनुहुँदैन । हाम्रो चाड पर्व र संस्कृतिहरूलाई हामी जहाँ भए पनि हाम्रो ढुकढुकीमा राख्न सकौं ।
http://tarunkhabar.com/2015/08/10/2189/

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼