सडक आन्दोलन शान्तिपूर्ण राजनीतिमा असन्तुष्टि र विद्रोहको आवाजपोख्ने सहज प्रमुख माध्यम हो । सडक आन्दोलनबाटै २०१७ सालयता नेपाली राजनीतिमा महत्वपूर्ण राजनैतिक फेरबदल पनि हुँदै आएका छन् । सडक आन्दोलनका रुप नारा, जुलुस, सभा, प्रदर्शन, चक्काजाम, पसल व्यवसाय बन्द लगायत विभिन्न प्रकारका हुने गरेका छन । त्यसमध्ये कडा प्रकृतिको रुप भने देशव्यापी आम हड्तालको रहेको छ, जस्लाई “नेपालबन्द” भन्दछन् । सशस्त्र आन्दोलनका तुलनामा सडकबाट गरिने आन्दोलन धेरै गुणा राम्रो हो तर हाम्रो नेपालका सन्दर्भमा“बन्द” संस्कृतिका रुपमा विकसित भएको छ । अझ“सडक बन्द” त हाम्रो अतिआवश्यक संस्कार जस्तै भएको छ । देशमादिनदिनै मौलाई रहेको सडक बन्द संस्कृतिअसभ्यताको प्रतिकहो । सडक त विकास र सभ्यताको प्रतिकपोहो त । सडक सवारी साधन गुड्ने सडक मात्रनभएर जीवनशैली, संस्कृति र सभ्यतको परिचायकपनिहो । सडकबिनाआधुनिकजीवनशैलीको प्राणवायु सञ्चार हुन सम्भवहुदैन । जुन देशमा सडकको राम्रो बिकाश र बिस्तार भएको हुन्छ त्यो देश बिकशितभएको हुन्छ । अझै नेपालकाकतिपयजिल्लाका सदरमुकामसम्म सडक पुगेको छैन, सडक पुगेका धेरै गाउँकाजनताआफूलाई भाग्यमानी सम्झन्छन् । शहर होस् वागाउँ, सडक नै एक त्यस्तो माध्यमहो जसले एक अर्कोलाई जोडेर राखेको हुन्छ । शहरकालागिचिल्लो कालोपत्रे सडक आवश्यकभएपनिगाउँमाधुलाम्मे कच्ची सडक पुग्दापनिगाउँकै काँचुली फेरिएको महसुस गर्ने अवस्थाअझै कायमै छ । त्यहीअलिअलिभए,बनेका सडकमा पनिदिनप्रतिदिनगरिने बन्द हड्तालले त्यसको दुर्दशाबनेको छ ।
सर्वसाधारणहरुको स्वतन्त्रपूर्वक हिँडडुल गर्ने अधिकारलाई बन्दकानाममावन्चितगर्ने अधिकार कुनै पनि राजनीतिकदल संघसंस्थाहरुसँग छैन् । यो कुनै पनि देशको नागारिकले खोजेको न्युनतमआधार र अधिकारको सवालपनिहो । हाम्रो शरीरमा जसरी नसाहरुले मुटुबाट प्राप्त रगतलाई शरीरभरी संचार गर्न र शरीरकाअंगप्रत्यंगहरुलाई परिचालनगर्न मद्दत गर्छ त्यस्तै महत्वपूर्ण भूमिका सडकको रहेको हुन्छ राष्ट्रको विकास र विकासको प्रतिफलआमजनतामा पु¥याउन । त्यही सडक संजालमाअवरोध आउदामुलुकको विकासमा ठूलो समस्या आउदछ । बन्दकाकारण के कतिक्षतिभएको छ भन्ने कुरा हामीले कहिल्यै वास्तागर्दैनौ । तथ्यांककाअनुसार मुलुकले एक दिनबन्दहुँदाकरिब २ अर्ब रुपैंयाँको क्षति बेहोर्नुपर्दछ ।
प्रत्यक्ष रुपमा ३० लाखमजदुरले गाँस गुमाउनु बाध्यहुनुपर्दछ । प्रत्येक बन्दको निशाना सडक नै बन्ने हुँदायातायात क्षेत्रमाकामगर्ने करिब ५ लाख ५० हजार भन्दा बढी मजदुरहरुहातबाँधेर बस्न विवश हुन्छन् । एक दिनमात्रै नेपालबन्दहुँदात्यसको प्रभाव पछिल्ला निकै दिनसम्मपर्दछ । बन्दले रोकिएको आर्थिक चहलपहल सुचारु हुन् धेरै समय कुर्नु पर्दछ । हरेक जायज नाजायज मागका लागि अनेक राजनीतिक दल तथा तिनका भातृ संगठन तथा अन्य विभिन्न सस्थाहरुले गर्ने यस्ता बन्द हडतालले राज्यको अर्बौ सम्पत्तिको क्षतीहुने एकातिर छ । अर्को्तिर बन्द र हड्तालतोडफोड विध्वंशले हामी सधैँ सबै क्षेत्रमा पछि परिरहेका छौ ।कुनै पनिकिसिमको विरोध गर्न पाउने अधिकारलाई हामीले सम्मान र संरक्षण गर्नु पर्दछ । आफुलाई मान्यनहुने कुराको खुलेर बिरोध गर्न पाउने अधिकार जनतामा सुरक्षित छ तर त्यहिअधिकारको प्रयोग गर्दा अर्कोको अधिकार हनन भैरहेको कुरा पनिहामी सचेत नागरिकले भुल्नु हुन्न । हामीअधिकाँश नेपालीहरु दिनभरी काम गरेरपछि मात्रै हातमुखजोड्न पाउने अवस्थाका छौं । दैनिकमजदुरी गर्ने, सडकको धुलो, धुवाँखाएर नाङलो वाअन्यपसल गरेर बिहानबेलुका पेट भर्नुपर्ने कतिपयमानिसहरुबन्दको मारले गर्दा भोकभोकै सुत्नु पर्ने अवस्थाछ । बन्दको बहानामा सवारी साधन छिनमा नै आँखा अगाडि तोडफोड र आगजनीहुँदा मर्नु न बाँच्नुको हुने पीडाको महशुस सवारी धनिलाई मात्रै थाहा हुन्छ । बन्दमाकतिले अनाहकमाज्यानगुमाएका हुन्छन्,त्यसको कुनै लेखाजोखाहुँदैन । एक दिनको बन्दले अर्बौं रुपैयाँ देशलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै दिनहुँजसो बन्दगर्दै देशलाई बर्बाद पार्नु कदापी उचितहोइन ।
अनाहकमा सर्वसाधारणमानिसहरूलाई कोही कसैले पनिदुःखदिनु हुँदैन । स्कुलजाने बालबालिका,बिहान बेलुकाको छाक टार्न दिनभरी कामगर्नु पर्ने मजदुर , विदेशबाट फर्किने कामदार, हाम्रो मुलुक घुम्न आउने पर्यटक र गन्तब्यतिर हिडेकायात्रुहरु, बिरामीले छटपटाइ रहेकाहरुको के दोष छ र ?भोलिका देशका कर्णधार बालबालिकामाबन्दले कस्तो असर गर्ला ? बिहान बेलुकीको छाक टार्न कामगर्नेहरुले भोक भोकै सुत्नु पर्दा तिनीहरुको आत्माले दिएको सरापकसलाई लाग्ला? बिरोधले समाजलाई दूर्गतितिर होइन, प्रगतितिर लैजानलक्षित गराउनहामी सबै अग्रसर हुनुपर्दछ । एउटा सभ्य र सम्वृद्ध समाजनिर्माणका लागिहामीले जहिल्यै संयमितभएर अगाडि बढ्नुपर्दछ । पंचायतीव्यवस्था,प्रजातन्त्र, लोकतन्त्रहुदै गणतन्त्रसम्म आइपुग्दा सडक आन्दोलनले नै आजको अवस्थामाल्याएको भन्दाअतियुक्तिनहोला । तर त्यसपछिको अवस्थामामुलुकको दूर्गति गराउनतर्फ पनिबन्द हड्ताल नै प्रमुखकारकतत्व रहेको पनि छ । देशमाजुनसुकै राजनीतिकव्यवस्थाआएपनिजागरुक चेतनशीलनागरिक र जनउत्तरदायी सरकार नबनेसम्म सर्वसाधारणका सहज र सरल जीवनयापनमा कठिनाइ आइरहन्छ । देशको नेतृत्वको बागडोर हातमालिएकाअगुवाहरूमा देश विकासकालागि दृढ इच्छाशक्ति भएको भएआजनेपालले पनिआफूलाई विश्वजगतमाविकसित देशको सुचिमा सुचिकृत गराइसकेको हुनेथियो । जसरी १९४८ मा स्वतन्त्रभएको इजरायल र अन्य देशहरुले आफूलाई विकसित राष्ट्रको सुचिमा सुचिकृत गराइ सकेका छन । हामीसँग के को अभाव छ ?प्राकृतिकश्रोत र साधनले धनी छौं ।
हजारौं मेगावाट बिजुलीनिकाल्न सक्ने जलसम्पदाहामीसँगै छ । लाखौं पर्यटकलाई आकर्षित गर्न सक्ने प्राकृतिक सौन्दर्यले भरिएकाहिमाल, पहाड, ताल, नदी,झरना,विश्व प्रसिद्ध सम्पदासगरमाथा, मठ मन्दिर र लुम्बिनीपनिहाम्रै देशमा छन् । तर राजनीतिक नेतृत्वको दुरदर्शी सोचको अभावमाहामी पछि परीरहेका छौ । त्यही राजनैतिकअदुरदर्शिताकारण हाम्रो राष्ट्रले कष्ट भोग्न परिरहेको छ । विदेशमाबर्षौ बसेर आफ्नो मातृभूमिफर्किएका परदेशी घरदेशमापाइला टेक्नसाथबन्दले आफ्नो घर परिवारलाई भेट्न नपाउँदा कस्तो मनस्थितिबोकेर परदेश फर्केला? नेपाल हेर्न आएका बिदेशीपर्यटकले सवारी चढ्न नपाउँदा, उसले कस्तो सन्देश बोकेर आफ्नो देश फर्केला? एउटा बिरामीजो उपचारको लागि छटपटाइ रहेछ, एउटा महिला प्रसुती पीडामा आफ्नो ज्यानफाल्नकिनबाध्य हुन्छे, यीनिर्दोष र निरहीजनताहरुलाई नै बन्द हडतालका नाममाअचानो बनाईन्छ किन?बन्द गरेर आमनागरिकहरूलाई दुःखदिंदैमामाग पुरा हुन्छ, सहमतिमापुग्न सकिन्छ भन्नु आजको युगमालाजमर्दो कुरा हो ।
http://tarunkhabar.com/2015/08/23/2634/

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼