मुक्तकहरु
१.पिरतीको मैदानमा आगो सल्काइदिए
तिम्रै मात्र माया लाग्छ र त पल्काइदिए !
आँखा ओछ्याई पर्खिराख आउदै छु तिमीतिर-
पिरतीको श्रीफूललाई शिरमा टल्काइदिए !!
२
नेपाली भै बाँच्न पाउँ जून भूगोलमा भएपनि
आफ्नै संस्कृतिमा रम्न पाउँ परदेशमा रहेपनि !
नेपाली हुँ भन्ने पहिचान ढुकढुकीमा राखेका छौ -
मौलिक संस्कार सँगै जान्छ हामी जहाँ गएपनि !
३
भत्काईदियो संरचना दुखाइ दियो मनहरु
बिपत्तिमा बढ्दै गयो अझ आफ्नोपनहरु
प्रकृतिलाई रोक्न कसले सक्छ यो संसारमा
माया सद्भाव बढिरहोस् गुमाए नि धनहरु !!
४
भत्किएर लडेकालाई फेरी हामी उठाउनेछौ सहयोगी मन मिलि फेरी सहयोग जुटाउनेछौ ।
एक आपासमा भाइचारा सद्भाव कायम राख्दै –
कसिएका मुठिहरु करुणाले फुकाउने छौ ।।
५.
आफ्नालाई दु:ख पर्दा टाढाबाट दुखिरहे
आँखाभरिएका आँशुहरु आँखाभित्र सुकिरहे !
लाखौ घुम्ती परेलीमा नदेखिने व्यथा धेरै-
बाध्यताको भुमरीमा नचाहेरै झुकिरहे !!
.
६,
मिर्मिरेमा आँखा खोल्दा पवनको बहाव थियो६,
क्षितिजपारी बिरानीमा तिम्रै अभाव थियो ।
तिम्रै तस्वीर आँखाभरी सजाएर राखिरहें-
चुम्दै थिए झुल्के घामले तिम्रै प्रभाव थियो ।।
७.
नखोज्नु भीडमा कतै हराए भनेनभाग्नु तिमी मन पराए भने !
कल्पनामा एक्लै शुन्यतामै हराउछु-
सम्हाल्नु रामरी कतै म डराए भने !!
८
खालि कागजमा कोरिएका सबै चित्र हुदैनन् !
सामिप्यता गाँसेर परजीवी रगत चुसेर भाग्छन्
रुप यौवन स्पर्शमा रम्ने मनभित्र हुदैनन् !
९
मुठ्ठीभित्र समय त कहाँ हुन्छ जहिले
“आगो छुनु,आईमाई नछुनु” उक्ति बिर्स्यौ कि ?
कालो कर्तुत कालै हुन्छ बुझ्नुपर्छ सबले !!
१०
होनाहार युवालाई विदेश जान छेक नेता
देश बनाउने जनशक्ति आफ्नै देशमा खर्च गरी –
सबैलाई मान्य हुने संबिधान लेख नेता !! ११
जति टाढा पुगे पनि दुख्ने मन सँगै पुग्छ
सुख बरु लुकिदेला दुख कहाँ लुक्छ ?
संघर्षले जीवनलाई अझै धेरै बुझाउँछ – फलेका ती वृक्ष नै त सधैँभरि झुक्छ ।।
१२
आत्मियता सद्भाव दर्शाउने मेरा सबै मित्र ।
दु:खदर्द अप्ठ्यारोमा सधैं सधै साथ दिने –
सवैभन्दा प्यारो नाता मित्रता छ पवित्र ।।
.
१३
अतीतका यादहरु छातिभरि बल्झिए१३
बाँच्नु रैछ जिन्दगी यो सम्झनामा अल्झिएर !
साउनको झरीसरी मनको आँशु खसिदिँदा –दुर क्षितिज नियालेर निराशामा तड्पिएर..
१४
फ़ेसबुक छ र आक्रोश आवेग सबै सहिदिन्छ
जस जस्ले जे जे लेखे पनि तटस्थ भईदिन्छ
भूगोलको जहाँ पुगौं हामी सगैँ जान्छ प्रवृति यो –
माया सदभाव जता हुन्छ मन उतै गईदिन्छ ।।
१५
हिजो सँगै हिडेको मान्छे आज भेटिदैन
हिजो सुन्दर फुलेको फूल आज देखिदैन ।
फेर्ने श्वासले धोका दिन्छ, फुलेको फूल झर्छ –हत्केलाले सूर्यलाई छेकेर पनि छेकिदैन ।
१६
उठ जाग युवा अब नेपालको मुहार फेर्न
आफ्नै दाजुभाइको हत्या कसोगरी सक्छौ हेर्न?
जात धर्मको बिज रोपी आफ्नै भित्र लडाएर- आफ्नै दाजुभाइको हत्या कसोगरी सक्छौ हेर्न?
देशद्रोही राष्ट्रघातीलाई आजैदेखि थालौं घेर्न।।
१७
पवित्र त्यो माया दिने मायालुको बात प्यारो
अनिदोमा तड्पिएको अनिदा ती रात प्यारो
समयले छुटाएर दुई किनारा बनाए नि-मुटुभरि छल्किरहने पिरतीको जात प्यारो !!
१८
भिन्न भिन्न भूगोल छ हिमाल पहाड तराइको
जंगल जल जडिबुटी जमिनको गरौं उपयोग-
गर्व लाग्छ,नेपालीलाई आफ्नै पौरख गराईको !!
१९
अभाव पीडा चोट छ र जीवन गतिशील छ
अनगिन्ति आरोह अवरोहले जीवन हलचल छ !
अँध्यारो उज्यालो सुख- दुखले जिन्दगी बचेको छ
जून जस्तो चहकिलो यादहरुले मन चन्चल छ !! २०
बसन्तको
हरियाली मात्र हैन पतझडको दुखाई पनि हो जिन्दगी
तिखा बिषालु काँडाको रोदन र अभावै अभावको सागर पनि
हो -खुल्ला आकाश मात्र हैन चट्टानभित्रको सुन्दर लेखाइ हो जिन्दगी
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼