Wednesday, January 27, 2016

मेरो कृति मर्दको मायाका पाठक प्रतिकृया

मेरो कृति मर्दको मायाका  आत्मीय  पाठकहरु  र उहाँहरुले फेसबुक मार्फत दिनु भएका  पाठक प्रतिक्रियाहरु  जस्ताको तस्तै ..  यहाँहरु सम्पूर्णको सुझाव सल्लाह अनि प्रतिकृयाको लागि आभारी छु  !


मर्दको माया पुरुष प्रधान समाजमा नारी जीवनले परदेशमा भोगेका पिडाहरु आफन्त र समाजले गरेका इन्कारहरु जीवनसाथीले गरेका अबिश्वास र शंकाहरु छोराछोरीको यादमा एक्लै तड्पिएका पलहरु र परदेशी जीवन संगै उजाडिएका सपनाहरूको प्रतिबिम्ब हो -
त्यो मर्दको माया | Sunaulonepal.com

हामी देशबाट जति टाढा पुग्छौं उति हाम्रो देशप्रेम अझै गाढा बन्दै गईरहेको हुन्छ । हामी भूगोलको जहाँ जहाँ पुग्छौ त्यही त्यही हाम्रा कला साहित्य र सस्कृती पुर्याउछौ । अनि हामी भित्रका विभिन्न क्षमता प्रत्यक्ष वा परोक्ष रूपमा प्रस्फुटन गराइरहेका हुन्छौं । हामीलाई बन्द कोठा भित्र बसेर जीवन दर्शनका…
SUNAULONEPAL.COM





"मर्दको माया" कथासंग्रह एकपल्ट सबैले पढ्नु पर्ने पुस्तक रहेछ! साहित्प्रेमी साथीहरु पढ्न छुट्नु भएको छ भने अवश्य पढ्नु होला ! हार्दिक धन्यवाद भगवती दिज्जू मलाई पढ्नेअवसर जुटाईदिनु भयो! आगामी दिनहरुमा हजुरका अन्य पुस्तकहरु निकाल्दै जानुहोला शुभकामना ! बहिनीलाई पनि पढ्ने अवसर दिईरहनुहोला !



Fatik Thapa
3 hrsKathmandu, Nepal

साहित्यकार भगवती बस्नेतज्यूको 'मर्दको माया' पढ्नका लागि समय व्यवस्थापन गर्न भ्याएँ । मर्दले गर्ने मायालाई कथाकारले तेह्र वटै कथाहरूमा कसरी प्रस्तुत गर्नु भएको होला भन्ने खुलदुली खुब भयो मलाई पुस्तक पढेर नभ्याउन्जेल ! यस प्रसंगमा प्रस्तुत पुस्तकको 'मर्गलित' शीर्षकको कथा भित्र रहेको निम्न वाक्यहरू यहाँ जस्ताको तस्तै सार्ने अनुमति चाहन्छु:
मोसे आफ्नो मर्गलितको पार्थिव शरीरको सिरानमा बसेर बलिन्द्र धारा आँसु झारिरहेको थियो । उसले पनि निधार मुसार्दै 'मैले केही गल्ती गरेको भए मलाई माफ गर । हामीले जिन्दगीको ७१ बर्ष संगै बितायौं ।......कालले राम्रो मान्छेलाई नै पहिले लाने रहेछ' भनी लासमा घोप्टियो ।
नेपाली नारीले प्रवासमा छँदा भोग्नु परेको पीडाहरूलाई कथाहरूमा सुन्दरढंगले पस्किएको यो पुस्तक सबैका लागि पठनीय र संग्रहनीय छ । 'मर्दको माया' पढ्नेलाई सुनको माला, 'मर्दको माया' लेख्नेलाई फूलको र माला यो पुस्तक बाकुण्ठ जाला ! कथाकारलाई धेरैधेरै बधाई....


आज नइ प्रकाशनमा गएँ र डेड दर्जन किताप उपहार पाएँ । नरेन्द्र दाइ र इन्दिरा दिदीसँग साहित्य सम्बन्धि छलफल भयो । नइबाट प्रेमोपहार यी किताप आजैदेखि पढ्न सुरू गरियो र सुरूमा नै भगवती वस्नेतको 'मर्दको माया'ले तान्यो ।
Comments
Narayan Nirzal Bhandari बधाई छ दिदी , मेरो साटो पनि पढ्दिनु है ।।
Lilaraj Dahal पुस्तक पाउँदा खुशी हुने मान्छे पक्कै पनि असल , ग्यानी र निस्वार्थ हुन्छन भनेर एक बिद्वानले भनेका थिए ! साँच्चै हो रहेछ !!
Sabu Baskota सारै राम्रो
Usha Sherchan ओहो सुन्दर कार्य । मलाई पनि मन परेको पुस्तक हो Bhagawati Basnetबहिनीको यो पुस्तक !



लामाे प्रयास पछि फेला परेकाे पुस्तक मर्दकाे माया कथा सङ्ग्रह अबकाे केही समय मेराे साथि हुनेछ । कथा सर्जक डायस्पाेरामा स्थापित प्रख्यात नारी हस्ताक्षर भगवती बस्नेत हुन् । सुयाेग्य श्रष्टाकाे कृति प्रकाशन गर्ने प्रकाशकलाई पनि धन्यवाद । चर्चित कथाकार माया ठकुरीका अनुसार भगवती बस्नेतकाे मर्दकाे माया´ प्रेम, समर्पण र धाेकाकाे कथा हाे । यिनै भावनाकाे गहिराईमा डुबुल्कि मारिन्छ अाज ।
2 comments
Comments
Bhagawati Basnet किताब हात परेर पढ्न लाग्नु भएको कुराले पुलकित भएँ !पढेर सकेपछि सुझाव सल्लाह पाउँ !
LikeReply15 hrs
Surya Prasad Koirala मनाेवैज्ञानिक कथा लेख्नु हुँदाे रहेछ । गुरु प्रसाद मैनाली र बिश्वेश्वर प्रसाद काेइराला जस्तै ।
UnlikeReply12 mins
Bhagawati Basnet

Write a reply...



भगबती दिदी को "मर्दको माया " आधी पूराए  पढेर अतिनै मार्मिक र मनै चटक्क पार्ने समाज भित्र "म पुरुष " भन्ने भनाउदा हरुको कोमल अनि  मायाको खानि मामाताको देबिलाई ढुङ्गाको मुटु भएको बास्नामा  रमाउने पुरुष भनाउदाको नाङो यथार्थता चित्रण गरेको छ कर्मश ....
( स्मरण :पुरुष र नारी भनेको "एक रथ को दुई पाङ्रा जस्तै हो " साथ बिना अघी बडन सक्दैन चाहे ऊ जिबन साथी होस या प्रेमी होस या शुभ चिन्तक "हामro समाजमा एसता पनि छन ढुङा को मुटु भएको राबण जस्तो र कोमल हृदय भएका पत्नी प्रेमी राम जस्ता "

Padam Nepal with Bhagawati Basnet.
"जहाजको झ्यालबाट देखिएको दृश्यमा नेपाल जति टाढा हुँदै जान्थ्यो उति नै आफ्नो अभावमा ति नाबालक छोराछोरीहरु कसरी हुर्केहोलान् भन्ने चिन्ताले मनमुटु हुँडुलिन्थ्यो ।"
-'असोचनिय मोड' कथाबाट
कथा संग्रहकी लेखिका आफु स्वयंम लामो समयदेखि आफ्नो घरदेस, सन्तान अनि आफन्तहरुदेखि टाढा पर......देसमा रहेकीले होला या परदेसी भूमिमा रचिएकाले होला भगवती बस्नेतजीको तेश्रो संग्रह 'मर्दको माया' भित्रका तमाम कथाहरुमा जिन्दगीका आरोह /अवरोहहरु पार गर्दै परदेसी भूमिमा कठोर सङ्घर्ष गरिरहेका नेपाली नारीहरुका सुक्ष्म जिजीबिषाहरु छन् । कतै प्रेम छ, समर्पण छ, बिश्वास छ त कतै अभिलाषाहरु छन् भने कतै बिरह अनि बेदनाहरु छरपष्ट भएर पोखिएका छन् अक्षरहरु भएर ।
देसको दर्दानक राजनैतिक अश्थिरता अनि बेरोजगारीको समस्याले ग्रसित नेपाली युवाहरुको जमात बिदेस पलायन पश्चात देसले भोग्नु परेको दुर्गति अनि यस्तो अवस्थामा श्रीमान-श्रीमति एक अर्कादेखि टाढा रहनुपर्दाको दुखद स्थितिमा उनीहरू बिचको अबिस्वासका कारण उनीहरुको पुर्ण परिवारको संरचना भत्किएर परिवारको स्वरुपनै बिग्रेका तथ्यहरू पनि भेटिन्छन् कतै कथाहरुमा । यो हाम्रो वर्तमान समाजले भोग्नु परेको यौटा नमिठो सत्य पनि हो । यस अर्थमा पनि कथाहरु यथार्थपरक छन् ।
इन्दिरा प्रसाई दिदीको भूमिका लेखनले कितावलाई अझै पठनिय बनाएको छ । समग्रमा भन्नुपर्दा आजका नारीहरुले परदेसमा भोग्नु परेको सास्ती, पीडा अनि ब्यथाहरुले भरिएको कथा छ मर्दको मायामा ।









No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼