🎉मैले धर्ति टेकेको दिन🎉
हरेक दिन उदाउने
सूर्योंदयले
लालित्यको
अनमोल प्रकाश बोकेर
ल्याउने सुमधुर
एक बिहानी झैँ
एक शुभानी बिहानी
आज यस दिनले
मेरो आमाको प्रसव बेदना
याद दिलाउँछ मलाई
मुटु चस्स दुखेर आउँछ
ढुकढुकी बढ्न थाल्छ
लाग्छ,
यस धर्तिमा आएर
कति अधुरा काम बाँकी हुँदै
फेरि अर्को वसन्त सकियो ।
एकनाश बगिरहने
शान्त नदीझैं बगिरहेको
सुनसान समय
दुख र सुखका
सप्तरंगी ज़िन्दगानी
सम्झँदै
म बाल्यकालको
क्षितिज उघार्न पुग्छु
आमाको न्यानो काख सम्झन्छु
मेरो निधारमा चुमेका
आमाको न्यानो ओठका
वाफहरु महसुस गर्छु
त्यहि निधार छामेर
बाँकी जीवनको भाग्यरेखा
कोर्न म तल्लिन हुन्छु !
जिन्दगीको परिभाषा
खोज्दै जादा
कतै उज्यालो कतै अँध्यारों
कतै झरी कतै बादल
कतै उकाली कतै ओराली
कतै फूल कतै काँडा पाएँ
यसैमा नै मनमौजी रमाइरहें ।
हरेक दिन उदाउने
सूर्योंदयले
लालित्यको
अनमोल प्रकाश बोकेर
ल्याउने सुमधुर
एक बिहानी झैँ
एक शुभानी बिहानी
आज यस दिनले
मेरो आमाको प्रसव बेदना
याद दिलाउँछ मलाई
मुटु चस्स दुखेर आउँछ
ढुकढुकी बढ्न थाल्छ
लाग्छ,
यस धर्तिमा आएर
कति अधुरा काम बाँकी हुँदै
फेरि अर्को वसन्त सकियो ।
एकनाश बगिरहने
शान्त नदीझैं बगिरहेको
सुनसान समय
दुख र सुखका
सप्तरंगी ज़िन्दगानी
सम्झँदै
म बाल्यकालको
क्षितिज उघार्न पुग्छु
आमाको न्यानो काख सम्झन्छु
मेरो निधारमा चुमेका
आमाको न्यानो ओठका
वाफहरु महसुस गर्छु
त्यहि निधार छामेर
बाँकी जीवनको भाग्यरेखा
कोर्न म तल्लिन हुन्छु !
जिन्दगीको परिभाषा
खोज्दै जादा
कतै उज्यालो कतै अँध्यारों
कतै झरी कतै बादल
कतै उकाली कतै ओराली
कतै फूल कतै काँडा पाएँ
यसैमा नै मनमौजी रमाइरहें ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼