Saturday, March 26, 2016

मुक्तकहरु

प्रतिकृया:- 

मुक्तकहरु 


तिर्खा पानीको तर मूल्य प्यासको हुन्छ 
मृत्यु सत्य हो तर मूल्य सासको हुन्छ l
प्रेम त धेरै धेरैले गर्छन् यस दुनियाँमा -
प्रेम महत्वको तर मूल्य बिश्वासको हुन्छ ।।
~~~मुक्तक ~~
नझार आँशु भन्यौ गह भरिसकेपछि
नगर माया भन्यौ मन परिसकेपछि ।
दुखायो मन भिजायो सिरानी कति कति-
नतर पारि भन्यौ जँघार तरिसकेपछि ।।
LikeShow more reactions
Comment
काफल पाक्यो काफल पाक्यो चरी बोलाउँछे
परदेशीलाई सम्झि वनमा न्याऊली मनै रुवाउँछे ।
ज़िन्दगीका कैयौ बसन्त मरुभूमिमा विते गए-
गाऊँ घर सम्झि ल्याउदा मनमा कोशी सुसाउँछे ।।
Bhagawati Basnet's photo.
15 hrs
तिर्खा पानीको तर मूल्य प्यासको हुन्छ
मृत्यु सत्य हो तर मूल्य सासको हुन्छ l
प्रेम त धेरै धेरैले गर्छन् यस दुनियाँमा -
प्रेम महत्वको तर मूल्य बिश्वासको हुन्छ ।।


जति टाढा हुन खोज्यौ उति उति नजिक आएँ
तिम्रो स्वभाव शालीनता त्यसै त्यसै मन पराएँ ।
मेरो बानी उस्तै अझै तिमीलाई राख्ने नानी उस्तै-
यो मनको क्यानभासमा तिमीलाई सजाईरहें !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼