Wednesday, June 29, 2016

गजल

~~~गजल ~~~

छुपुछुपु गैरी खेत रोप्दै हौली मेरी सानु
मेला पर्म दु:ख दर्द खेप्दै हौली मेरी सानु

कोयलझै बोली तिम्रो चन्दमा झै मुहार छ
असारे गीत घन्काउदै नाँच्दै हौली मेरी सानु

हली बाउसे रोपारको उछारमा एक्लै हुँदा
बर्षातका थोप्लाबनी झर्दै हौली मेरी सानु

घाम-जूनझैँ दुरी टाढा भएपनि तिम्रो मेरो
मेरै याद संगालेर टोल्दै हौली मेरी सानु

हिलो टेक्दै  गाभा  रोप्दै रोपारको माझ बसी
असार पन्ध दही र चिउरा मोल्दै हौली मेरी सानु

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼