-भगवती बस्नेतगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनलाई तपाईले कसरी हेर्नु भएको छ साथै संघको अबको भूमिका के कस्तो हुनुपर्छ ?

भगवती बस्नेत- पुर्व आइसीसी तथा, अध्यक्ष: अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर
एन आर एन इजरायल २००७ मा स्थापना भई
क्रियाशील रही आएको छ । अहिले एन आर एन इजरायलको पाँचौ अधिवेशन हुन लागेको छ
। नयाँ कार्य समिति चयनको लागि सुवास खरेलज्यूको नेतृत्वमा चुनावी समिति
गठन भएको छ । उहाँ एन आर एन इजरायलको दुई कार्यकाल अध्यक्ष भई अहिलेको
आइसीसी सदस्य हुनु हुन्छ । एन आर एन इजरायलको योग्य व्यक्ति हुनुहुन्छ ।
चुनाव समितिमा उहाँले राख्नु भएको अन्य व्यक्तिहरु पनि योग्य ठहराएर राख्नु
भएको होला । यस कमिटीले चुनाव गरेर नयाँ नेतृत्व आउँनेछ । हामीले यसमा
सकारात्मक रुपमा लिनु पर्छ ।
एनआरएन सबैको साझा र छाता संगठन हो । यस
कार्यमा हामी इजरायलमा रहेका सबैको सद्भाव,साथ सहयोग र सहभागिता चाहिन्छ ।
हामी सबैले सदस्यता बन्ने कोशिश गरौ यसो भए पछि हामीले आफ्नो हक प्रयोग
गर्न सक्छौ । एन आर एन को इजरायलको मुख्य काम भनेको गैर आवासीय नेपाली
संघको अक्टुबरमा हुने अधिवेशनमा भाग लिने हो । अहिले सम्म इजरायलबाट नगन्य
रुपमा सहभागिता रहदै आएको छ । जुन कुरा मैले पोहोरको अधिवेशनमा महसुस गरेकी
थिए । एन आर एन इजरायलको महत्व र अन्तराष्ट्रिय छवि कायम गर्न ग्लोबल
कन्फरेन्समा धेरै भन्दा धेरै आफ्नो प्रतिनिधि पठाउने र सक्षम नेतृत्व चयन
गर्नुपर्छ ।
अर्को कुरा इजरायलभरि छरिएर रहेका
नेपालीहरु समेट्न सक्ने सक्षम व्यक्तिको चयन गरेर नेपाली समाज बीचको एकता,
सद्भाव कायम गर्न गरुरी छ जुन कार्य आगामी नेतृत्वले गर्नेछ भन्ने आशा गरौ ।
आगामी नेतृत्वले नेपाली राजदुतावाससँग संयुक्त रुपमा मिलेर नेपाली कला
साहित्य र संस्कृतिको प्रवर्धन गर्नु पर्छ । नेपालमा लगानी बढाउने काम
गर्नु पर्छ । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनु पर्छ । नेपालमा पर्यटन
भित्र्याउने तथा प्रोत्साहन गर्ने काम गर्नुपर्छ । गैर आवासीय नेपाली संघको
परम्परा अनुसार अग्रजहरुलाई सम्मान सत्कार र उचित ब्यबस्थापन साथै नयाँ र
सक्षम अनुहारलाई भित्र्याउने काम हुने गर्छ तर यहाँ त्यो चिजको कमि भएको छ ।
जसले गर्दा नयाँ आउनेहरुले काम गर्न अलमलमा पर्छन् । यहाँ त नयाँ
व्यक्तित्व चयन भए पछि अग्रजहरुलाई चिन्दा पनि चिनिदैनन् । संगठनलाई माया
गर्ने व्यक्तिहरु, पुर्व अध्यक्षहरु आइसीसीहरु, संरक्षकहरुलाई सधैँ सम्मान
गर्ने चलन छ । त्यसैले हामीले हाम्रो संस्कार भुल्नु हुदैन ती बिषयमा आगामी
नेतृत्वले राम्रो सस्कारको विकास गरोस् भन्न चाहन्छु । हामीले हाम्रो र
राम्रो नमुना एन आर एन इजरायल बनाउन हामी सबैले अहिले हुन लागेको पाँचौ
अधिवेशनमा सहभागिता जनाएर सहयोग गरेर सबै दत्तचित्त भई लागेर सक्षम नेतृत्व
चुनौ भनेर सबैलाई अनुरोध गर्न चाहन्छु ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼