सामाजिक
संजाल मार्फत देशको राजनैतिक ,आर्थिक , सामाजिक , धार्मिक ,शैक्षिक , कला ,
आदि बिषयहरुमा आफ्नु धारणा राख्नु हुने एवं देशको ति बिषयहरुमा अध्ययन
गरिरहनु भएको ब्यक्तिहरु सँग संवाद थाल्ने हाम्रो प्रयास हो ”पाना संवाद” ।
जसअन्तर्गत देश-परदेशमा रहेर बिभिन्न पेशा-ब्यबसाय गरेर बसिरहेका
ब्यक्तिहरु जो-समाजलाई सकारात्मक बाटोमा हिडाउँन मार्गदर्शक बनिरहेको
हुन्छ,त्यस्ता ब्यक्तिहरुको बिचार र भाबना समाज,देशको हितमा हुन्छ,
त्यस्ता ब्यक्तिहरुको बिचारहरुलाई प्रत्येक हप्ता शुक्रबार प्रकाशित हुने
पानाखबरको ‘पाना संवाद‘ मा समेटने हाम्रो प्रयास ।
यहि सिलसिलामा नेपाल पर्यटन बोर्डका तर्फबाट इजरायलका लागि पहिलो पर्यटन सद्भावनादूत एवम परिचित साहित्यकार भगवती बस्नेतलाई हाम्रो साप्ताहिक स्तम्भ ”पाना सम्बाद”को यो हप्ताको अथितिका रुपमा बोलाएका छौ ।
बरिष्ट साहित्यकार नरेन्द्रराज प्रसाईबाट बौद्धिक सुन्दरी साहित्यकारकि उपाधि प्राप्त गर्नु भएकी बस्नेत ११ बर्ष देखि इजरायलमा कार्यरत हुनुहुन्छ। नेपाली भाषा साहित्यमा त्रिभुवन बिश्वबिधालयबाट एम.ए.सम्मको अध्यन गर्नु भएकी बस्नेत नेपाली साहित्य जगतमा एक आशा लाग्दो र उदायिमान बहुप्रतिभाशाली सहित्यिकार पनि हुनुहुन्छ ।पर्यटन सद्भावनादूत एवम साहित्यकार भगवती बस्नेतसंग पानाखबरको लागि सुनिल श्रेष्ठले गरेको समसामयिक कुराकानीको सम्पादित अंश।

यहाँको साहित्यिक यात्राको कहिलेदेखि शुरु भएको हो र अहिलेसम्मको आरोह अवरोहबारे छोटो जानकारी दिनु हुन्थ्यो कि ?
स्कुले जीवनदेखि नै म साहित्यमा रुचि राख्थें । मैले ९ कक्षामा पढ्दा पहिलो कविता लेखेकी थिएँ । पहिलो पटक पत्रपत्रिकामा चाहिं २०५३ देखि छापिन थालेको हो । धेरै समयसम्म मैले यसलाई निरन्तरता दिंदा दिदै पनि भने जस्तो समय दिन सकेको थिइन । म विदेश आएपछि भने मेरो साहित्यिक यात्राले फराकिलो मोड पायो । जसमा म मनमौजी रमाउन पाएँ । साहित्य भनेको जीवन र जगतसँग सम्बन्धित मानवीय संवेदनाको तीव्र अनुभूति पनि हो । विदेशमा हुँदा अझ बढी भावुक बनिदो रहेछ । साहित्यमा समाजलाई मार्गनिर्देशन गर्ने शक्ति पनि हुन्छ ।
साहित्य मेरा लागि जीवन सरिता हो म यसमा डुबुल्की मार्दा आनन्दित अनुभूत गर्छु । जीवनका आरोह अवरोहमा नेपाली साहित्य संस्कृति गीत संगीत सम्बन्धित संघ संस्थाभित्र बसेर पनि काम गरिरहेको छु । त्यसैले पनि साहित्य संगीत नै मेरो जीवनको प्रिय बन्यो । मेरो पहिलो कृति रहर भो जिन्दगी भन्ने गज़ल संग्रह २०६८ मा प्रकाशित भएको हो । अहिले सम्म संयुक्त कृतिहरु दर्जनौ निस्किएका छन् । मेरो एकल कृतिहरु ४ वटा प्रकाशित भएका छन् भने ३ वटा तीजका एल्बम र एउटा गज़ल एल्बल बजारमा छन् । मेरा कृतिहरु यस प्रकार छन् :
१ रहर भो जिन्दगी गज़लसंग्रह
२ प्रेम दह मुक्तकसंग्रह
३ मर्दको माया कथासंग्रह
४ मृत सागरमा म कवितासंग्रह
अब छिट्टै नियात्रा प्रकाशनका लागि मेलोमेसो मिलाउँदै छु ।
हाल नेपाली साहित्यको स्तर कस्तो देख्नु भएको छ ?
वर्तमानको सेरोफेरोमा नेपाली साहित्यको चर्चा गर्दा शास्त्रीय स्वरुपमा त्यति देखिन्न । विगतका तुलनामा प्रगतिवादी, आदर्शवादी, आध्यात्मवादी लगायतका धारमा साहित्य लेख्न विरलै पाइन्छ । अहिलेको लेखन धेरै जसो मायावादी, यथार्थवादी, अति यथार्थवादी र लिलालेखनमा रहेको छ । यसका साथै व्यवसायी लेखनको समेत विकास भइरहेको छ । नेपाली साहित्यमा अहिले नवीन सम्भावनाका नवीन आयामहरु उजागर हुँदैछन् । पठन संस्कृतिको विकास भएको कारणले लेखनमा पनि स्तरियता र परिस्कारको विकास भैरहेको छ । अहिले परिस्कृत बौद्धिक गभीर सिर्जनातर्फ साहित्यकारहरु उन्मुख भैरहेको पाइन्छ ।
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाली साहित्यमा दिएको योगदानलाई कसरी मुल्यांकन गर्नु भाको छ ?
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साहित्यमा अतुलनीय योगदान दिएको पाइन्छ । संसारमा भएका नेपालीहरुको भावनात्मक एकता बलियो हुँदै गएको छ । नेपाली जहाँ पुगे पनि आफ्नो जातिको एकता सम्भव भएको छ । नेपालीहरु आफू जहाँ पुगे पनि आफ्नो पहिचान जोगाएर राखेका छन् । आफ्नो भाषा संस्कृतिको मोहलाई जोगाएर राखेका छन् । जहाँ रहे पनि आफ्नो भाषा संस्कृति, भावना पहिचानलाई संरक्षण गर्दै यसलाई विश्व व्यापक बनाएर योगदान पुर्याएका छन् । अहिले डायस्पोराबाट नेपाली साहित्यको भण्डारमा धेरै नवीन कृतिहरु थपिएका छन् ।
केही बरिष्ट साहित्यकारले भनेका छन् वैदेशिक रोजगारमा रहेका नेपालीहरुले साहित्यकार र कृतिको संख्या चै बढ्यो तर नेपाली साहित्यको स्तर र गरिमा चाहिँ घटेको कुरालाई कसरी बुझ्न सकिन्छ अनि यसबारे तपाई के भनु हुन्छ ?
यो प्रश्न आफैमा गम्भीर छ, यसो भनिरहदा ती बरिष्ट भनिएकाहरुले के विर्सनु हुँदैन भने भाषाको कारोबार बढी हुँदा मात्रै भाषाको परिमार्जन र शब्दको विकास र भण्डारनमा योगदान पुग्छ । त्यसको अर्थ जेजस्तो स्तरमा साहित्य लेखन भई रहेको भए पनि नेपाली भाषाको श्रीवृद्धिमा त्यसले योगदान पुराई रहेको छ भन्ने हो । हो, वैदेशिक रोजगारमा रहेकाहरुले धेरैले स्तरीय साहित्यको सृजना गर्न सकेका छैनन्, यसका पनि विभिन्न कारण छन् । वैदेशिक रोजगारमा रहेकाहरुको साहित्य लेखन कुनै विद्यालय र विश्वविद्यालयका छात्रछात्रा र अध्यापकहरुको होइन, त्यो त स्वतः अभिव्यक्त भएको पीडा र खुसीका भावनाहरु हो ।
बरिष्ट विद्वान महोदयहरुले ती सबै पीडा र खुसीका अभिव्यक्तिमा खोज्नु भएको स्तर नपाईएला तर पाइएकाहरुलाई त सही मुल्यांकन र विश्लेष्ण गरिदिनु पर्यो,मेरो अनुरोध छ । यदपि लेखक श्रष्टाहरुले जहाँ पुगे पनि आफ्नो बौदिक क्षमता, आफ्नो अध्ययन, साधनलाई ध्यान दिनुपर्छ । आफ्नो बौदिक क्षमता बृदी भएपछि मात्र स्तरीय रचना सिर्जना गर्न सकिन्छ ।
नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउँन नसक्नुको कारण के होला ?
नेपाली साहित्यले अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गरिरहेकै छ । विश्व अहिले भर्चुअल साहित्य लेखनमा अभ्यस्त भइरहेको छ । यस अवस्थामा नेपाली साहित्य लेखन पनि प्रभावित नहुने कुरै भएन, प्रभावित मात्रै नभएर भूमण्डलिकृत विश्वमा संगसगै उभिने प्रयास पनि गरिहेको छ । डायसपोराको साहित्यमा भर्चुअल लेखनको धेरै योगदान छ । यो कुरा गरिरहनुको अर्थ नेपाली साहित्य अन्तर्राष्ट्रिय मंचमा उभिन्ने उपक्रममा छ । विश्वका प्रचलित भाषामा नेपाली साहित्यको रुपान्तरण नगन्य मात्रामा भएकाले हामी कस्तुरी भएका छौ । तर पनि पारिजातको सिरिषको फूल अमेरिकाको म्यारिगोल्ड युनिभर्सिटीमा पढाई हुन्छ । डाइममण्ड शमशेरको सेतो बाघ फ्रान्समा पढाइ हुन्छ । अमेरिकाको विद्धान माइकल हर्टले भूपी शेरचनको कविता, लक्ष्मी प्रसाद देबकोटाको मुना मदनलाई अग्रेजीमा अनुवाद गरेका छन् । हामीले आशाबादी हुनु पर्छ । हाम्रो साहित्य कमजोर भएको भए त्यस्ता विद्वानहरुले हाम्रो भाषाका साहित्यहरु अन्तराष्ट्रिय भाषामा रुपान्तर गर्दैनथे होला । अमेरिकामा पारिजातको शिरिषको फूल पढाई हुनु यसको ज्वलन्त प्रमाण हो ।
तपाइले पढ्नु भएको साहित्यिक कृतिहरु मध्ये सबैभन्दा बढी मन परेको कुनै ५ कृति के के हुन् ?
मलाई मन पर्ने कृतिहरु त धेरै छन् । ५ वटा मात्र भन्नु पर्दा
विश्वेश्वरप्रसाद कोइरालाको “मोदी आइन”
शङ्कर लामिछानेको “अब्सट्याक चिन्तन प्याज”
भूमि शेरचनको “घुम्ने मेच माथि अन्धो मान्छे”
पर्ल एस वर्कको “द गुड अर्थ” (कल्याणी धर्ति)
लियो टोल्सटायको “वार एण्ड पिस” ।
उदाउदै गरेका नव साहित्यिक प्रतिभाहरुलाई केहि सन्देश छ कि ?
उदाउदै गरेका नव साहित्यिक प्रतिभाहरुले गम्भीर साधना, तपस्या अध्ययन गर्नु आवश्यक हुन्छ । उनीहरुको लेखनमा नयाँ पन आउनु जरुरी हुन्छ । पुरानै र अरु हिडेका बाटो पछ्याएर साहित्यमा नयाँपन आउदैन । उनीहरु आफू हिड्ने नयाँ बाटो आफैँ अन्वेषण गर्न सक्नु पर्छ । नेपाली साहित्यमा नयाँ प्रयोग र नविन उदाहरण स्थापित गर्न सक्नु पर्छ । अबका पिढीले नेपाली साहित्यलाई बहु आयामिक बनाउने दिशातर्फ गतिशील बन्नु पर्छ ।
एक हिसाबले बन्द जस्तो रहेको नेपाली समाजबाट इजरायलको खुल्ला र नारी अधिकारले मान्यता पाएको देशमा लामो समय बसेको अनुभवलाई कसरी मुल्यांकन गर्नु हुन्छ ? यसले नेपाललाई दिने महत्वपूर्ण सन्देश के हुनसक्छ ?
पुरुषप्रधान समाजमा हुर्किएका हामी नेपाली इजरायलमा नारी माथि गरिने व्यवहार नारी स्वतन्त्रता देखेर अत्यन्तै खुशी लाग्छ । इजरायलमा महिलाहरुले शिक्षा, स्वास्थ्य, सामाजिक राजनीति, आर्थिक , सैन्य क्षेत्रहरूमा निक्कै उन्नति गरेका छन् । यहाँका कार्यकारी पदमा पुरुषको तुलनामा महिलाहरु ५२ प्रतिशत बढी छ । इजराइल भएका महिलाहरु मध्ये करिव एक तिहाइ महिला न्यायिक क्षेत्रमा कार्यरत छन् । शैक्षिक क्षेत्रमा ४७ प्रतिशत महिला भएको तथ्यांकले देखाउँछ । महिलाहरु ठुला ठुला पदमा रहेर राम्रो काम गरेकोले नै देश विकास भएको हो झैँ भान हुन्छ । यहाँको स्वतन्त्रता समान ब्यबहार देखेर एक दशक पूरा हुन्जेल पनि काम गरिरहेकै छु । यहाँ सानो होस् या ठुलो घरभित्रको काम होस् बाहिर सबै कामको सम्मान गरिन्छ । केही दशक यतादेखि युवायुवतीहरू विदेश जाने क्रम बढिरहेको छ ।
नेपाली महिला घरदेशको चुलोचौको र कामकाजमा मात्र सीमित नरहेर परदेशसम्म पुगेर अर्थोपार्जन, शिक्षा आर्जन गरी परिवार, समाज र राष्ट्रलाई टेवा पुर्याइरहेका छन् । चुला चौकामा सिमित महिलाहरुले पनि यहाँ आएर धेरै कुरा सिक्ने मौका पाएका छन् र व्यक्तित्व बिकास गरेका छन् । इजरायल एक सानो मुलुक हो र यसले स्थापनाको मात्र ६८ बर्ष पुरा गरेको छ । अनि यसको विकास हेर्ने हो भने युरोपियन देशको दाँजोमा बराबरी जस्तै छ । तर इतिहास बोकेको हाम्रो देश आज पनि कछुवाको तालमा छ । हाम्रो देशका महिला पनि सचेत हुन् पर्यो । हाम्रो देशका महिलाहरुलाई पनि पुरुष जतिनै समान ब्यबहार गर्नु पर्यो । कोटाको आधारमा मात्र नभएर सक्षम व्यक्तिको क्षमता अनुसारको काम दिनु पर्यो अनि मात्र देश विकास हुन्छ । संसारको इतिहास हेर्दा थाहा हुन्छ जुन देशका महिलाहरु अगाडी बढेका छन् त्यो देश बिकसित भएको छ ।
पर्यटन तथा संस्कृतिक सद्भाव राजदुतको रुपमा बन्द जस्तो रहेको महिलाहरुको लागि संसारमै सुरक्षित इजरायलको रोजगारी खुलाउने केहि पहल हुदै छ कि ?
महिलाहरुको लागि संसारमै सुरक्षित इजरायलको रोजगारी खुलाउने भन्दा पनि नेपाल सरकार बन्द नभएको दाबी गर्छ । जी टु जी मार्फत कामदार ल्याउने काम भैरहेको छ । जुन रुपमा पहिले आएका थिए त्यो रुपमा भने आएका छैनन् । सम्बन्धित निकायलाई सचेत तुल्याउने र झक्झक्याउने काम भने म गरिरहेको छु ।
अनि नवनियुक्त महामहिम निरन्जन थापासंग योबारे के कस्तो छलफल हुदैछ तपाइको ?
अलिअलि कुरा भैरहेको छ बिस्तृत छलफलला लागि अनुकुल समयको प्रतीक्षामा छु ।
धेरै जसो सगरमाथा नेपालमा पर्छ र बुद्द नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसारमा मात्रै गरिएको पाइएको छ । यस्ता प्रचारले मात्रै अपेक्षित रुपमा बिदेशी पर्यटकहरु नेपाल गएका छैनन्, बढी भन्दा बढी इजरायली पर्यटकहरु नेपाल भित्र्याउन तपाई इजरायलको लागी पर्यटन सद्भावना दूत भएको नाताले तपाईसँग के कस्तो योजना छ ?
सगरमाथा नेपालमा पर्छ र बुद्द नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार गर्नु भनेको एउटा पाटो हो । हाम्रा देशका अन्य थुप्रै महत्वपूर्ण तथा प्रचार प्रसार नभएको स्थानको बारेमा सुसुचित गरेर इजरायली पर्यटकलाई नेपाल भित्र्याउने प्रयत्न गरिरहेको छु । हाम्रो देशको संस्कृति सम्पदा झल्काउने खालको र्याली इजरायलको हाइफा शहरमा सम्पन्न भएको छ । यस्तै कार्यकम अन्य क्षेत्रमा पनि गर्ने योजना छ । यहाँका ट्राभल एजेन्सीहरुमा पनि पम्प्लेट पर्चाहरु बाँडिएको छ । नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा छोटो क्लिपहरु बनाउने योजनाहरु छन् । पर्यटन प्रवर्धनका लागि सबैभन्दा भन्दा ठुलो प्रचार माउथ टु माउथ हो । एक जनाले १० जनालाई भन्यौ भने १०० जनाले दश दश गर्दा लाखौ लाख हुन् सक्छ ।
तपाई हामीले कार्य गर्ने भनेको सामूहिक रुपमा नै हो । किनभने सामूहिक सोच र एकिकृत भावना सहितको कार्यले नै कुनै पनि उद्देश्यमा सार्थक परिणाम ल्याउन मद्दत गर्छ भन्ने मलाई लाग्छ । बिदेशमा रहेका हजुर हामी सबैले संस्थागत रुपमा होस् वा व्यक्तिगत रुपमा नै किन नहोस, हरेक तवरबाट आ-आफ्नो किसिमले नेपालको समग्र उन्नतिका लागि काम गरिरहेका छौ । मलाई बिश्वाश छ हाम्रो एकिकृत सोचले नेपालको पर्यटन क्षेत्र मात्रै होइन सामाजिक लगायतका समग्र क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुग्नेछ । सामूहिक भावाना र प्रतिवद्धताबाट हामी परिणाममूखी कार्य गर्न सफल सक्नेछौं ।
इजरायलवासी नेपालीलाई केहि सन्देश र नवनियुक्त महामहिम राजदुत थापालाई केहि सन्देश दिन चाहनुहुन्छ कि ? र अन्त्यमा हामीले सोध्न बिर्सेको र तपाइलाई भन्नु मन लागेको केहि कुरा छ भन्ने राख्न सक्नु हुन्छ ?
इजरायलवासी जुन रुपमा देशका लागि परेको बेलामा एक ढिक्का भएर हामी जुटेका छौ । देशको उन्नयनको लागि हामी सबैले टेवा पुर्याउ भन्ने मेरो पनि मनसाय हो र त्यही रुपमा हामी कृयाशील छौं । जहाँ भए पनि नेपाल र नेपालीको शीर उच्च पार्ने काम गरौ भन्न चाहन्छु । नवनियुक्त महामहिम राजदूत निरन्जन थापालाईज्यूलाई सर्वप्रथम इजरायलमा स्वागतम भन्न चाहन्छु । नेपाली कामदारहरुको इजरायलमा पनि धेरै समस्याहरु छन् त्यसलाई पनि बुझेर अध्ययन गरेर समस्या समाधान तिर ध्यान पुगोस भन्न चाहन्छु । नेपाली राजदुतावासबाट इजरायलवासी नेपालीहरुले आफ्नो सुखदुखमा अभिभावकको भूमिका पावोस् । साथै हाम्रो देशको नेपालका लागि केहि राम्रा कामहरु होस् भन्ने अनुरोध गर्दछु । मेरा केहि विचार राख्ने अवसर दिनु भो यसका लागि यहाँ लगायत पाना संवाद टिमलाई हार्दिक धन्यवाद !
प्रकाशित मिति – शुक्रवार , १६ अषाढ २०७४

No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼